नेपाल क्यान्सर सरभाईबर्स सोसाइटीद्वारा संस्थापक कोषाध्यक्ष बिनु केसीको ४५औँ पुण्यतिथी स्मरण कार्यक्रम

नेपाल क्यान्सर सरभाईबर्स सोसाइटीद्वारा संस्थापक कोषाध्यक्ष बिनु केसीको ४५औँ पुण्यतिथी स्मरण कार्यक्रम
Dec 20, 2025 128 views

संस्थापक कोषाध्यक्ष बिनु केसीको ४५औँ पुण्यतिथीमा स्मरण कार्यक्रम

नेपाल क्यान्सर सरभाईबर्स सोसाइटीकी संस्थापक कोषाध्यक्ष स्वर्गीय बिनु केसीको ४५औँ पुण्यतिथीको अवसरमा आज एक स्मरण कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रम नेपाल क्यान्सर सरभाईबर्स सोसाइटी परिवारद्वारा उहाँको परिवारको उपस्थितिमा बुढानिलकण्ठ मन्दिरमा सम्पन्न गरिएको हो।

उहाँको स्मृतिमा ४५ जना बटुकहरूलाई बिहानको भोजन ग्रहण गराइएको थियो। यसका साथै, यसै अवसरमा हाम्रो आजीवन सदस्य स्वर्गीय सिता ढकालज्यूको सम्झनामा पनि केही ब्राह्मणहरूलाई दक्षिणा प्रदान गरिएको थियो।
नेपाल क्यान्सर सरभाईबर्स सोसाइटीले समाजसेवा, करुणा र मानवताका मूल्यलाई निरन्तर आत्मसात गर्दै यस्ता स्मरण कार्यक्रममार्फत दिवंगत आत्माहरूलाई सम्मान अर्पण गर्दै आएको छ।

हामी सम्पूर्ण दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै, उहाँहरूको अनन्त यात्रामा कुनै बाधा नआओस् र बैकुण्ठमा बास होस् भन्ने प्रार्थना गर्दछौँ।